माओवादी नेतृत्वको सरकारले दियो ‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २७ शुक्रबार
1.3k
Shares
काठमाडौं । कर्णाली प्रदेश सरकार पछि बागमती सरकारले ‘जनयुद्ध दिवस’मा सरकारी बिदा दिने निर्णय गरेको छ । बागमती प्रदेश सरकारको गत २४ माघमा बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार १ फागुनमा जनयुद्ध दिवसको अवसरमा बिदा दिने निर्णय भएको हो ।
बागमती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता अनुशिल सापकोटाले जारी गरेको सूचनामा भनिएको छ, ‘जनयुद्ध दिवसको अवसरमा सम्बत २०७९ फागुन १ गते सोमबारका दिन बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
यसअघि कर्णाली प्रदेशले पनि गत २३ माघको मन्त्रिपरिषदको निर्णय अनुसार ‘जनयुद्ध दिवस’मा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । दुवै प्रदेशमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार गठन छ ।