arrow

अष्ट्रेलिया सामु भारत हावी, जडेजाको आकर्षक बलिङ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २६ बिहिबार
india-test-cricket-2023-02-09.jpg

काठमाडौं । अष्ट्रेलिया विरुद्धको पहिलो टेष्ट क्रिकेटमा भारतले नियन्त्रण कायम गर्न सफल भएको छ । नागपुरमा शुरु भएको पहिलो टेष्टमा अष्ट्रेलियालाई १७७ रनमै रोक्दै भारतले नियन्त्रण आफ्नो पक्षमा पारेको हो । 

टस जितेर पहिले ब्याटिङ्ग गरेको पाहुना टिमले ६३.५ ओभरमा सबै विकेट गुमाएर १७७ रनमात्र बनाउन सक्यो । मार्नुस लाबुस्चाङ्गेले सर्वाधिक ४९ रन बनाएको इनिङ्समा चार खेलाडीलेमात्र दोहोरो स्कोर खडा गर्न सके । 

अष्ट्रेलियालाई सस्तैमा समेट्न रविन्द्र जडेजाले ५ विकेट लिए । त्यस्तै रविचन्द्रन आश्विनले ३ विकेट लिए । शुरुआती दुई विकेट मोहम्मद शामी र मोहम्मद सिराजले विकेट लिए । 

जवाफमा मैदानमा उत्रिएको भारतले पहिलो दिनको समाप्तिसम्म १ विकेटको क्षतिमा ७७ रन बनाएको छ । 

कप्तान रोहित शर्मा ५६ रनमा अविजित रहेका छन् । लोकेश राहुल २० रन बनाएर आउट भए । नाइट ब्याट्सम्यान रविचन्द्रन आश्विनले खाता खोलेका छैनन् । 

अष्ट्रेलिया चार खेलको टेष्ट श्रृंखला खेल्न भारत आएको हो ।र 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ