हेटौंडा स्थित विद्युत प्राधिकरणको भण्डारण कक्षमा आगलागी
रविन्द्र गौतम
प्रकाशित २०७९ माघ १२ बिहिबार
1.6k
Shares
हेटौंडा उपमहानगरपालिका-५ भैरबरोड स्थित नेपाल विद्युत प्राधिकरणमा आगलागी भएको छ ।
प्राधिकरणको केन्द्रीय वर्कशप भण्डारण कक्षमा आगलागी भएको हो । विद्युत सर्ट भएर आगलागी भएको वडा प्रहरी कार्यालयले जनाएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, नगर प्रहरी र हेटौंडा उपमहानगरपालिकाको २ वटा दमकल प्रयोग गरी आगो नियन्त्रणमा ल्याउने प्रयास भैरहेको छ । भण्डारण गरी राखिएको विद्युतीय सामग्री जलेर नष्ट भएका छन् भने आगलागीबाट भएको क्षतीको विवरण आउन बाकी छ ।