arrow

साझा मुद्रा प्रयोग गर्दै ब्राजिल र अर्जेन्टिना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ९ सोमबार
brazil-argentina-lula-argentina.jpeg

काठमाडौं। ब्राजिल र अर्जेन्टिना दुवैले वित्तीय र व्यावसायिक रूपमा साझा मुद्राको प्रयोग गर्ने तयारी थालेका छन्। ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा र अर्जेन्टिनाका नेता अल्बर्टो फर्नान्डेजले यो घोषणा गरेको अर्जेन्टिनाको मिडिया आउटलेट पर्फिललाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ।

यो दक्षिण अमेरिकी छिमेकीहरू बीचको सम्बन्धमा सकारात्मक विकास हो । यसअघि ब्राजिलका पूर्व दक्षिणपन्थी राष्ट्रपति जैर बोल्सोनारोको नेतृत्वमा दुई राष्ट्रहरूबीचको सम्बन्ध चिसिएको थियो।

विज्ञप्तिमा भनिएको छ,'हामी हाम्रो विनिमयमा रहेका अवरोधहरू हटाउन, नियमहरूलाई सरलीकरण र आधुनिकीकरण गर्ने र स्थानीय मुद्राको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य राख्छौं।'

'हामीले एक साझा दक्षिण अमेरिकी मुद्रामा पनि छलफल अगाडि बढाउने निर्णय गरेका छौं, जुन वित्तीय र व्यावसायिक दुवै किसिमको प्रवाहका लागि प्रयोग गर्न सकिन्छ, यसो गर्दा लागत सञ्चालन र हाम्रो बाह्य जोखिम कम गर्न सकिन्छ,' विज्ञप्तिमा अघि भनिएको छ।

अर्जेन्टिना ब्राजिलको सबैभन्दा ठुलो व्यापार साझेदार हो र यो योजनाबारे यस हप्ता ब्यूनस आयर्सको शिखर सम्मेलनमा छलफल हुनेछ। फाइनान्सियल टाइम्सले उद्धृत गरेका अधिकारीहरूका अनुसार नयाँ साझा मुद्राको प्रयोगले अमेरिकी डलरमा दक्षिण अमेरिकाको निर्भरता कम हुनेछ र क्षेत्रीय व्यापारलाई प्रोत्साहन दिनेछ।

ब्राजिलको सबैभन्दा विवादास्पद चुनावमा लुलाको जितले छिमेकी अर्जेन्टिनासँगको देशको सम्बन्धलाई बलियो बनाउने सम्भावना छ।

ब्राजिलका राष्ट्रपति लुलाले पदभार ग्रहण गरेपछि आफ्नो उद्घाटन अन्तर्राष्ट्रिय यात्राको लागि अर्जेन्टिनालाई छनोट गरेका थिए, जसलाई ल्याटिन अमेरिकी र क्यारिबियन राज्यहरूको समुदाय (सीईएलएसी) दिशाको पुनरुत्थान तर्फको कदमको रूपमा लिइएको छ। 

यसअघि २०१९ मा बोल्सोनारोले आफ्नो कार्यकालमा क्युबा र भेनेजुएलाको उपस्थितिको कारणलेमा यस ब्लक सीईएलएसीमा सामेल हुन अस्वीकार गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ