arrow

दोस्रो टेष्टमा भारतको संघर्षपूर्ण जित, चौथो पटक श्रृंखलामा क्लिन स्विप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १० आइतबार
cricket-india-bangladesh-test-2022.jpg

काठमाडौं । बंगलादेशविरुद्धको दोस्रो टेष्ट क्रिकेटमा संघर्षपूर्ण जित हासिल गर्दै भारतले श्रृंखलामाथि क्लिन स्विप गरेको छ । मिरपुरमा भएको दोस्रो टेष्टमा भारत ३ विकेटले विजयी भएको हो । 

१४५ रनको झिनो चुनौती पछ्याएको भारतले ७ विकेटको क्षतिमा उक्त लक्ष्य पूरा गरेको हो । ७४ रन जोड्दा ७ विकेट गुमाएर पराजय नजिक पुगेको भारतका लागि आठौं विकेटका लागि रविचन्द्रन आश्विन र श्रेयस ऐयरले अविजित ७१ रनको साझेदारी गरेसँगै जित सम्भव भएको हो । सो क्रममा आश्विनले अविजित ४२ तथा ऐयरले अविजित २९ रन बनाए । 

बंगलादेशका मेहन्दी हसन मिराजले ५ विकेट लिएसँगै भारतको ब्याटिङ लाइन अस्तव्यस्त भएको थियो । यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले पहिलो इनिङ्समा मोमिनुल हकको ८४ रनको मद्धतले २२७ रन बनाएको थियो । भारतका आश्विन र उमेश यादवले ४–४ विकेट लिए । 

जवाफमा भारतले ऋषभ पन्तको ९३ तथा श्रेयस ऐयरको ८७ रनको मद्धतले ३१४ रन बनायो । शकिब अल हसन र ताइजुल इस्लामले ४–४ विकेट लिए । 

दोस्रो इनिङ्समा लिटन दासको ७३ तथा जकिर हसनको ५१ रनको मद्धतले बंगलादेश २३१ रनमा समेटिएको थियो । आश्विन प्लेयर अफ द म्याच भए । 

दुई खेलको श्रृंखला २–० ले जितेको भारतका चेतेश्वर पुजारा २२२ रनसहित प्लेयर अफ द सिरिज भए । पहिलो खेल भारतले १८८ रनले जितेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ