arrow

बंगलादेशमाथि भारतको सहज जित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ३ आइतबार
india-bangladesh-1st-test.jpg

काठमाडौं । भारतले बंगलादेशमाथि सहज जित निकालेको छ । चट्टोग्राममा भएको पहिलो टेष्ट क्रिकेटमा भारत १८८ रनले विजयी भएको हो । ५१३ रनको चुनौती पछ्याएको बंगलादेशले आज पाँचौं दिन ३२४ रनमात्र बनाउन सक्यो । 

जकिर हसनले १०० तथा कप्तान शकिब अल हसनले ८४ रन बनाएको इनिङ्समा अक्षर पटेलले ४ तथा कुलदीप यादवले ३ विकेट लिए । 

यसअघि पहिलो इनिङ्समा भारतले चेतेश्वर पुजाराको ९० तथा श्रेयस ऐयरको ८६ रनको मद्धतले ४०४ रन बनाएको थियो । बंगलादेश भने १५० रनमै अलआउट भएको थियो । 

भारतका लागि कुलदीप यादवले ५ विकेट लिएका थिए । दोस्रो इनिङ्समा भारतले २ विकेटको क्षतिमा २५८ रन बनाएर इनिङ्स समाप्तिको घोषणा गरेको थियो । 

भारतका लागि शुबमन गिलले ११० तथा पुजाराले अविपिजत रहँदै १०२ रन बनाएका थिए । 

खेलमा ४० रनसँगै ८ विकेट लिएका कुलदीप यादव प्लेयर अफ द म्याच भएका छन् । 

यो जितसँगै भारतले चार खेलको श्रृंखलामा १–० को अग्रता लिएको छ । भारतले अहिलेसम्म बंगलादेशसँग एउटा पनि टेष्ट हारेको छैन । 

दोस्रो टेष्ट मिरपुरमा बिहीबारदेखि शुरु हुँदैछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ