समानुपातिक सांसद चयन गर्न कांग्रेसमा किचलो, गोपालमानको नाम हटाउन दबाब
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २४ शनिबार
1k
Shares
तस्बिर – फाइल ।
काठमाडौं । समानुपातिक सांसदको चयनका लागि नेपाली कांग्रेसको पदाधिकारी र कार्यसम्पादन समिति बैठक बसेको छ । बैठकमा नेता गोपालमान श्रेष्ठको नाममा सहमति बन्ने सम्भावना कम रहेको स्रोतले बताएको छ ।
यसअघि हिजो ३ जना पुरुषको नाममा डा. प्रकाशशरण महत, गोपालमान श्रेष्ठ र विमलेन्द्र निधीको नाम बाहिरिएको थियो । यी नाममा सहमति गर्नका लागि नाम चुहाइएको थियो । तर आजको बैठकमा मात्र ३ जना पुरुषको नाम राख्नुपर्ने भएपछि महाधिवेशनका हरुवालाई भन्दा मनपरुवालाई सांसद बनाउन दबाब बढेको छ ।
सोही कारण श्रेष्ठको नाम सिफारिस नगर्न दबाब आएको हो । यद्यपि महाधिवेशनमा डा. प्रकाशशरण महामन्त्रीमा, विमलेन्द्र निधी सभापतिमा हारेका थिए । तर सहमहामन्त्रीमा जितेका फरमुल्लाह मन्सुर र जीवन परियारलाई क्लस्टरमा मिलाएर सांसद बनाउन दबाब बढेको छ ।
स्रोतका अनुसार परियारको नाममा सहमति बन्ने सम्भावना देखिएको भए पनि फरमुल्लाहको नाम चर्चामा नरहेको बुझिएको छ ।