arrow

सुकुम्बासी बस्ती हटाउन माग गर्दै बालेनलाई ज्ञापनपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २० मंगलबार
thapathali-sukumbasi-basti-.jpg
तस्बिर – फाइल ।

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन माग गर्दै स्थानीयले काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह बालेनलाई ज्ञापनपत्र बुझाएका छन् । स्वतस्फुर्त भेला भएका सर्वसाधारणले हिजो सोमबार ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरूले थापाथलीस्थित बागमती खोलाको किनारामा रहेको सार्वजनिक÷सरकारी जग्गा अतिक्रमण गरी आफूखुशी मनलागी, अशोभाविक एवं अनियन्त्रित 
रुपमा बसिरहेका कथित सुकुम्बासीका कारण खोला प्रदुषित भएको, राजधानीको सौन्दर्यमा समेत प्रतिकूल असर परेको जनाएका छन् । 

अस्तव्यस्त बसोबास र दिउँसै खुल्ला रुपमा घरेलु हतियारका कारण राजधनीवासी भयावह र असुरक्षित महसुस गरेको उल्लेख गरेका छन् । 

उक्त बस्तीमा रहेका वास्तविक सुकुम्बासीको पहिचान गरी व्यवस्थापन गर्नु पर्ने र सुकुमवासीको नाममा सरकारी जग्गा अतिक्रमण गर्नेलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ