कांग्रेस केन्द्रीय परिचालन समितिमा थप १८ सदस्य मनोनित
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३ बिहिबार
2.3k
Shares
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम कांग्रेसको ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन– २०७९, केन्द्रीय परिचालन समिति’मा थप सदस्य मनोनित गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठन गरेको समितिमा उनले आज थप १८ सदस्य मनोनित गरेको पार्टी कार्यालयले जनाएको छ ।