arrow

मानवअधिकारकर्मी घिमिरेलाई गान्धी नोबेल पिस अवार्ड 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १७ सोमबार
ganesh-prasad-ghimire-samman.jpg

काठमाडौं । महात्मा गान्धीको १५३ औं जन्मजयन्तीको अवसर पारेर नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले बेलायतको लण्डनमा दिइने अन्तर्राष्ट्रिय स्तरको अवार्ड नेपालका यूवा मानवअधिकारकर्मी एवम् अधिवक्ता गणेशप्रसाद घिमिरेलाई दिएका छन् । उनले गान्धी नोवेल पिस अवार्ड – २०२२ राजधानीमा एक समारोहका बीच प्रदान गरेका हुन् । 
 
पूर्वउपराष्ट्रपति झाले अधिवक्ता घिमिरेलाई बधाई दिँदै नेपालका हरेक मानिस हरेक विधामा सक्षम र लोकप्रिय रहेको बताउँदै नेपालमा मानवअधिकार र शान्तिको क्षेत्रमा युवाले धेरै काम गरेको कुरामा जोड दिए । 

उनले भने, ‘जसरी महात्मा गान्धीले अंहिसाको माध्यमबाट संसारमा शान्ति फैलाउनु भयो । यो नै सबैभन्दा ठूलो कुरा हो । आज पनि हामी गान्धीजीको महान्वाणीलाई स्मरण गर्दै समाजमा राम्रो काम गरिरहेका छौं ।’
 
अंहिसाको माध्यमबाट मानवअधिकार, शान्ति, सामाजिक, आर्थिक र राजनीतिक रुपान्तरणमा विशिष्ट योगदान पुर्याएकोमा विश्वभरका व्यक्तिहरुलाई दिइने उत्कृष्ट वार्षिक पुरस्कार हो । 

बेलायतको विश्व हिन्दू केन्द्र, साउथ हल, लण्डनमा गत जुलाई २७ तारिखका दिन भव्य समारोहको बीच यो पुरस्कार प्रदान गरिएको थियो । अधिवक्ता घिमिरे विशेष कारणले लण्डन जान नसके पनि उनलाई नेपालमै गान्धी नोबेल पीस अवार्ड – २०२२ प्रदान गर्न पाउँदा आयोजक संस्था गान्धी पिस फाउन्डेसन नेपाललगायत अध्यक्ष डा. लालबहादुर रानाले खुशी भएको बताए । विश्वका २६ देश विशिष्ट व्यतिmत्वहरुलाई यो अवार्ड प्रदान गरिएको थियो ।

त्यसैगरी गान्धी नोबेल पिस अवार्ड – २०२२ बाट सम्मानित भएपछि अधिवतmा एवं युवा मानवअधिकारकर्मी घिमिरेले नेपालमा २१ वर्षदेखि मानवअधिकार, सामाजिक न्याय र शान्तिका क्षेत्रका गरेको कामको मूल्याङ्कन भएको आफूलाई भान भएको र अझ आगामी दिनमा यस क्षेत्रमा सक्रिय भएका काम गर्न हौसला मिलेको बताए । 

आफूलाई यो अवार्ड लण्डनमै गएर लिन नपाउँदा अलिक खल्लो भए पनि आफ्नै देशमा प्राप्त गरेको सगौरब लागेको बताए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ