बेलायती रानी हिँड्न नसक्ने, लिजले स्कटल्याण्डमा शपथ लिँदै
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २१ मंगलबार
1.2k
Shares
काठमाडौं । बेलायतकी नयाँ प्रधानमन्त्री लिज ट्रसले आज शपथ लिने भएकी छन् । प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रम यस पटक स्कटल्याण्डको बालमोरल क्यासलमा हुनेछ ।
बेलायती प्रधानमन्त्रीको शपथ ग्रहण समारोह सामान्यतया लण्डनको बकिंघम प्यालेसमा हुने गर्छ, तर यस पटक स्कटल्याण्डको बालमोरल क्यासलमा हुनेछ। बेलायतकी महारानी एलिजाबेथ हाल स्कटल्याण्डमा छिन्। महारानी एलिजाबेथ अहिले यात्रा गर्न असमर्थ छिन् । ९६ वर्षीया रानीलाई हिँड्नमा समस्या छ ।
जोनसनले प्रधानमन्त्रीको रूपमा आफ्नो अन्तिम भाषण पीएम हाउस बाट दिनेछन्। त्यसपछि उनले रानीलाई राजीनामा बुझाउन स्कटल्याण्डको एबर्डिनशायर जानेछन्। जोनसन र लिज दुवै उनी कहाँ जानेछन्।
जोनसनले रानीलाई आफ्नो राजीनामा बुझाउनेछन् । यसपछि लिजले रानीलाई भेट्नेछिन्। परम्परागत रूपमा यो भेटलाई 'किसिङ ह्यान्ड्स' समारोह भनिन्छ।
तर, यस पटक रानीको खराब स्वास्थ्यलाई ध्यानमा राख्दै यो समारोह प्रतीकात्मक हुनेछ । शपथ ग्रहण समारोह स्कटल्याण्डको बालमोरल क्यासलमा हुनेछ ।
नयाँ प्रधानमन्त्री लिज औपचारिक नियुक्ति हुने बित्तिकै लण्डन फर्कनेछन्। यहाँ १० डाउनिङ स्ट्रीटबाट उनको पहिलो भाषण हुनेछ।