arrow

प्रचण्डको नाम बागलुङबाट पनि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २१ मंगलबार
prachanda-maoist-2079-03-19.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम बागलुङ क्षेत्र नम्बर २ बाट पनि सिफारिस भएको छ । 

 बागलुङ क्षेत्र नम्बर २ (ख) समितिले प्रतिनिधिसभा सदस्यका लागि प्रचण्डको नाम सिफारिस गरेको हो । समितिले प्रचण्डलाई अनुरोध गर्दै प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत रूपमा सिफारिस गरेको माओवादी केन्द्र बागलुङका संयोजक राजीव घिमिरेले जानकारी दिए ।

दुई दिन अगाडि मात्रै नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ ले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पत्नी डा आरजु राणा देउवालाई प्रतिनिधिसभाका लागि सिफारिस गरेको थियो । 

त्यस लगत्तै माओवादी केन्द्रले पार्टी अध्यक्ष प्रचण्डलाई प्रतिनिधिसभाका लागि सिफारिस गरेको हो ।

यस क्षेत्रमा अघिल्लो पटक वाम गठबन्धनबाट शिक्षामन्त्री तथा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जितेका थिए ।

यसअघि गोरखा क्षेत्र नम्बर १ र नवलपरासी क्षेत्र नं १ मा पनि प्रचण्डको नाम सिफारिस भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ