arrow

बालकृष्ण खाँण रुपन्देही ३ कांग्रेसबाट सर्वसम्मत सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १९ आइतबार
balkrishna-khand.jpg

भैरहवा । नेपाली कांग्रेसले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारमा गृहमन्त्री बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस गरेको छ ।

रुपन्देही कांग्रेस ३ क्षेत्रीय समितिको नवौँ बैठकले केन्द्रीय सदस्य खाँणको नाम सर्वसम्मत उम्मेदवारको रूपमा सिफारिस गरेको क्षेत्रीय सभापति सुशील गुरुङले बताए ।

क्षेत्र नम्बर २ बाट पनि सिफारिस परेको खाँण अघिल्लो पटक समानुपातिकमा बसेका थिए । क्षेत्र नम्बर २ बाट नेकपा एमालेका बलिया नेताको रुपमा विष्णु पौडेललाई एमालेले सिफारिस गरेपछि क्षेत्र नम्बर ३ बाट पनि प्रत्यक्ष लड्ने तयारीमा खाँण रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ