arrow

रुसबाट इन्धन आयात नगरेर बेलायतले बनायो कीर्तिमान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ८ बुधबार
uk-no-fuel-russia.jpg

काठमाडौं। आधिकारिक तथ्याङ्क अनुसार बेलायतले पहिलो पटक जुन महिनामा रुसबाट कुनै पनि इन्धन आयात गरेको छैन। इन्धनमात्रै नभएर रुसबाट सामानको आयात पनि जुन महिनामा ३३ मिलियन पाण्डमा झरेको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) का अनुसार यो सन् १९९७ को जनवरी यता भन्दा कै न्यून हो। रुसले गत फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेपछि पश्चिमा राष्ट्रहरूले रुसमाथि कडा प्रतिबन्ध लगाएका छन्।

बेलायतले यस वर्षको अन्त्यसम्म रुसको तेल आयात र ग्यासको आयात पूर्णरुपमा बन्द गर्ने लक्ष्य राखेको छ।

रुसबाट इन्धनको आयात अघिल्लो १२ महिनाको फेब्रुअरीसम्मको औसतको तुलनामा ४९९ मिलियन पाउन्ड वा पूर्ण १०० प्रतिशतले घटेको छ।

सन् २०२१ मा बेलायतले रुसबाट करिब ४ प्रतिशत ग्यास र ११ प्रतिशत तेल आयात गरेको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले जनाएको छ।

रुसमा धेरैजसो सामानको निर्यात पनि जून सम्ममा उल्लेखनीय रूपमा घटेको छ । मेसिनरी र यातायात उपकरण बिक्री ९१.३ प्रतिशत ले घटेर ११८ मिलियन पाउण्डमा झरेको छ।

रुसको आक्रमणको परिणाम स्वरूप ईयू एक वर्ष भित्र रूसबाट दुई तिहाइ ग्यास आयात घटाउन र यस वर्षको अन्त्यसम्ममा समुद्री मार्गबाट ​​आउने सबै रुसी तेल आयातमा प्रतिबन्ध लगाउन पनि सहमत भएको छ।

यसबीच अमेरिकाले रुसी तेल र ग्यास आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ