सांसद मोहन आचार्यले एमाले रसुवा जिल्ला सदस्यसहितका नेता कार्यकर्तालाई भित्र्याए कांग्रेसमा
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २९ आइतबार
4k
Shares
रसुवा । रसुवामा संघ र प्रदेशको निर्वाचन मिति घोषणासँगै पार्टीमा प्रवेश गर्नेको लहर बढ्न थालेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद इन्जिनियर मोहन आचार्यले विभिन्न दल त्यागेर कांग्रेसमा आउनेलाई स्वागत गरेका छन् ।
उनकाे प्रमुख आतिथ्यमा पार्टी सभापति पेम्बा छिरिङ तामाङ, बागमती प्रदेश सदस्य प्रभात तामाङ लगायत नेताहरुको उपस्थितिमा एमाले र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।
एमाले जिल्ला कमिटी सदस्य सन्तबहादुर तामाङसहित माओवादीलगायत विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् । कालिका गाउँपालिका १ राम्चेका १४ एमालेका तथा माओवादीका ५ जना नेता कार्यकर्तालाई कांग्रेसमा भित्र्याउँदै आचार्यले भने, ‘समृद्ध रसुवा निर्माण र देश विकास कांग्रेसले मात्र गर्ने भएकाले सबै एकजुट भएर कांग्रेस जिताउने अभियानमा लागौं ।’
आचार्यले पार्टी सदस्यता वितरण गरी उनीहरुलाई पार्टीमा प्रवेश गराएका हुन् ।