सोह्र वर्षमा पहिलो पटक बालोन डी’ओर अवार्डको मनोनयनमा परेनन् मेस्सी
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २८ शनिबार
939
Shares
काठमाडौं । अर्जेन्टाइन चर्चित फुटबल स्टार लियोनल मेस्सी पहिलो १६ वर्षमा पहिलो पटक बालोन डी’ओर अवार्डको मनोनयनमा पर्न असफल भएका छन् । आयोजक फ्रान्स फुटबलले सार्वजनिक गरेको मनोनयनमा पर्ने ३० जनाको सूचीमा कीर्तिमानी सात पटकका विजेता फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार मेस्सी नअटाएका हुन् ।
उनी २००६ पछि पहिलो पटक मनोनयनमा नपरेका हुन् । मेस्सीले पछिल्लो पटक २०२१ मा अवार्ड जितेका थिए । मेस्सीसँगै ब्रजिलियन स्टार एवं पीएसजीकै स्ट्राइकर नेयमार पनि मनोनयनको सूचीमा अटाएका छैनन् ।
यस अवार्डको मुख्य दाबेदार मानिएका स्पेनिश क्लब रियाल मड्रिडका करिम बेन्जिमा मनोनयनमा परेका छन् । रियालका मात्रै ६ खेलाडी मनोनयनमा छन् ।
त्यस्तै अर्का चर्चित पोर्चुगिच फुटबल स्टार क्रिस्टियानो रोनाल्डोसमेत ३० जनाको सूचीमा अटाएका छन् । अवार्ड घोषणा आगामी अक्टोबर १७ हुने आयोजकले जनाएको छ ।