arrow

मन्त्री पुगे सर्वोच्च

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २७ शुक्रबार
supreme-court-long.jpg

काठमाडौं  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ जवाफ लिएर सर्वोच्च अदालत पुगेका छन् । 

सर्वोच्च अदालतले दिएको अल्पकालीन अन्तरिम आदेश नटेरेको भन्दै मन्त्री श्रेष्ठलाई  स्वयम् अदालतमा उपस्थित हुन आदेश दिएको थियो । सोही आदेशअनुसार मन्त्री श्रेष्ठ बिहीबार लिखित जवाफसहित सर्वोच्च  पुगेका हुन् । 

 तत्कालीन पर्यटन मन्त्री प्रेम आलेसँगको अडियो रेकर्ड सार्वजनिक गरेपछि पद गएका नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का कार्यकारी अध्यक्षमा युवराज अधिकारी वायुसेवा निगममा फर्कन सर्वोच्चले आदेश दिएको थियो । 

तर मन्त्रीले अदालतले जारी गरेको अल्पकालीन आदेशलाई मानेका थिएनन् । सोही मुद्दालाई लिएर अदालतले मन्त्री श्रेष्ठलाई आदेश पाएका मितिले सात दिनभित्र उपस्थित हुन आदेश गरेको थियो । 

मन्त्री श्रेष्ठले अधिकारीले पदीय आचरणअनुसार काम नगरेको, तोकिएको जिम्मेवारी पूरा नगरेकाले कारबाहीको प्रक्रिया अघि बढाएको जवाफ अदालतमा दिएका छन् । अधिकारीलाई कानुनले तोकेको प्रक्रिया पूरा गरेर नै हटाइएको जवाफ उनको छ। 

निगम अध्यक्षमा चार वर्षका लागि नियुक्त गरिएको भन्दै सर्वोच्चले कार्यकारी अध्यक्षमा अधिकारीलाई निरन्तरता दिन असार २३ गते अल्पकालीन अन्तरिम आदेश दिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ