नेयमार, मेस्सी, एमबाप्पेको गोलले पीएसजीले गर्यो आधा दर्जन गोल
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १० मंगलबार
1.2k
Shares
काठमाडौं । फ्रेन्च लिग वान शुरु हुनुअघिको प्रिसिजन टुरमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शानदार प्रदर्शन गर्दै आएको छ । सोमबार जापानमा भएको मैत्रीपूर्ण खेलमा पीएसजीले जे लिग क्लब गाम्बा ओसाकालाई ६–२ गोल अन्तरले हरायो ।
पीएसजीलाई जित दिलाउन नेयमारले दुई तथा लियोनल मेस्सी, केलियन एमबाप्पे, पाब्लो सराबिया र नुनो मेन्डीसले एक एक गोल गरे ।
ओसाकाका लागि केइसुके कुरोकावा र हिरोटो यामामीले एक एक गोल फर्काए । जापान भ्रमणमा लगातार तेस्रो जित निकालेको पीएसजीले उत्कृष्ट खेलिरहेको छ ।
यसअघि पीएसजीले कावासाकी र उरावा रेड डाइमण्डलाई पनि हराएको थियो ।