arrow

मेस्सीले छाडे पीएसजी, जान्छन् कहाँ ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १८ बिहिबार
messi-psg-2023-02-19.jpg
तस्बिर – फाइल ।

काठमाडौं । अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि दिलाउन सफल कप्तान लियोनल मेस्सीले फ्रेन्च वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने भएका छन् । उनले जारी लिगको अन्तिम खेल खेलेसँगै यसै साता क्लब छाड्ने पीएसजीले बताएको छ । 

पीएसजीका म्यानेजर क्रिस्टोफे गाल्टियरले बिहीबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन् । यही शनिबार क्लेरमोन्टविरुद्ध हुने लिगको खेल नै मेस्सीका लागि अन्तिम हुनेछ । मेस्सी अब कहाँ जान्छन् भन्ने यकिन छैन । 

यद्यपि उनलाई पुरानै क्लब स्पेनिश क्लब बार्सिलोना वा साउदी क्लब अल हिलाल वा डेभिड बेहक्यामको इन्टर मियामीमध्ये एक हुन सक्ने अनुमान भइरहेको छ । 

दुई वर्षअघि बार्सिलोना छाडेर मेस्सी पीएसजी गएका थिए । च्याम्पियन्स लिग जिताउन नसकेका उनले पीएसजीलाई लिग वानको उपाधि भने दिलाएका छन् । 

क्लबले भने उनलाई च्याम्पियन्स लिग जिताउनकै लागि भित्र्याएको बताएको थियो । मेस्सीसँग फ्रेन्च खेलाडी केलियन एम्बाप्पे र ब्रजिलियन खेलाडी नेयमारले पीएसजीबाट ड्रेसिङ रुम साझेदारी गरेका थिए । 

केही साताअघि उनी साउदी र स्पेनको भ्रमणमा रहेका थिए । सोही कारण पनि यी दुईमध्ये एक देशमा उनले करियरको अन्तिम ब्यवसायीक खेल खेल्न सक्ने अनुमान गरिएको छ । 

३५ वर्षे मेस्सी जहाँ गए पनि प्रभाव उत्तिकै पर्नेछ । पीएसजीमा भने ७२ खेलबाट उनले मात्र ३२ गोल गरेका थिए । 

तर मेस्सीले गत शनिबार राति स्टार्सवर्गसँग १–१ गोलको बराबरी खेल्दै पीएसजीलाई एक खेलअघि नै नै लिग वानको उपाधि पक्का गराएका थिए । 

सो खेलमा ५९ औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई शुरुआती अग्रता दिलाएका थिए ।

केलियन एम्बाप्पेको पासमा मेस्सीले गोल गरेका थिए । मेस्सीको यो युरोपको शीर्ष पाँच लिगमा ४९६ औं गोल हो । उनले क्रिष्टियानो रोनाल्डोको नाममा रहेको ४९५ गोलको कीर्तिमान तोडेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ