arrow

चिट लुकाएको भन्दै भित्री वस्त्र खोल्न लगाएपछि क्याम्पस तोडफोड, दुई जना निलम्बित

logo
रविन्द्र गौतम
प्रकाशित २०७९ साउन ४ बुधबार
htd-cumpus.jpg

हेटौंडा। हेटौंडामा परिक्षा दिन आएका विद्यार्थीमाथि दुर्व्यवहार गरिएको भन्दै विद्यार्थीहरुले हेटौंडास्थित हेटौंडा क्याम्पस तोडफोड गरेका छन् ।मंगलबार हेटौंडा-४ स्थित क्याम्पसमा बी.एड. दोस्रो वर्षको परीक्षा दिन आएका मकवानपुर बहुमुखी क्याम्पसका २ विद्यार्थीलाई प्राध्यापकबाट दुर्व्यवहार भएको भन्दै आक्रोशित विद्यार्थीले आज क्याम्पस तोडफोड गरेका हुन् ।

परीक्षा हलमा पस्ने बेला २ छात्रालाई चिट लिएर आएको भन्दै पाइन्ट र भित्री वस्त्रसमेत खोल्न लगाइएको विद्यार्थीहरुले आरोप लगाएका छन् । २ मध्ये एक छात्रालाई महिनावारी भएको छु भन्दासमेत प्याड भित्र चिट होला भन्दै भित्री वस्त्र खोल्न लगाइएको भन्दै विद्यार्थी आन्दोलित बनेका हुन् । 

विद्यार्थी आक्रोशित बन्दै गएपछि भीड नियन्त्रण गर्न बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको थियो ।

विद्यार्थीको आन्दोलन चर्किदै गएपछि क्याम्पसमा परीक्षाका क्रममा चिट ल्याएको भन्दै छात्राहरूको भित्री वस्त्रसमेत खोल्न लगाउने दुई जना कार्यालय सहयोगीलाई तत्काल निलम्बन गरिएको छ ।

उनीहरुलाई निलम्बन गरेपछि विद्यार्थी र क्याम्पस प्रशासनबीच सहमति भएको छ । बुधबार क्याम्पसमा पीडित छात्रा, अभिभावक, विद्यार्थी संगठनबीच भएको वार्तापछि दुर्व्यवहार गर्ने दुई जना कार्यालय सहयोगीहरूलाई निलम्बन गर्ने सहमति भएको अनेरास्ववियु मकवानपुरका सचिव पुष्कर तिमल्सिनाले जानकारी दिए । 

विभिन्न परीक्षामा सहभागी कर्मचारीहरूबाट परीक्षार्थीहरूमाथि अभद्र व्यवहार भएको भन्ने गुनासोउपर सत्यतथ्य छानबिन गरी क्याम्पस सञ्चालक समितिसमक्ष कारबाहीका लागि सिफारिस गर्न तीन दिनभित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समितिसमेत गठन गरिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ