arrow

एसपीपी : परराष्ट्रले अझै पठाएन अमेरिकालाई पत्र

देउवाको अमेरिका भ्रमण सुनिश्चित भइसकेको छैन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ४ बुधबार
sewa-lamsal-foreign-ministry-speaker.jpg

काठमाडौं । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने नेपाल सरकारले गरेको निणयको पत्र परराष्ट्र मन्त्रालयले अमेरिकालाई अझै पठाएको छैन ।  बुधबार मन्त्रालयको पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले एसपीपी रद्द गर्ने मन्त्रिपरिषद्को निर्णय अध्ययनकै क्रममा रहेको बताएकी छन् । 

उनले भनिन् ̔अध्ययनकै क्रममा भएकाले पत्र पठाएको छैनौँ, उपयुक्त समयमा अमेरिकालाई पत्र पठाउँछौँ । ’

सदनमा विरोध भएपछि मन्त्रिपरिषद् बैठकले ६ असारमा सो सम्झौता अस्वीकार गर्ने निर्णय गर्दै त्यसको जानकारीका लागि अमेरिकालाई पत्र पठाउने निर्णय गरेको थियो ।

नेपाली सेनाले परराष्ट्र मन्त्रालयलाई उपेक्षा गर्दै एसपीपीबारे अमेरिकाको युटा राज्यस्थित नेसनल गार्डसँग समझदारी गरेको विषय सार्वजनिक भएपछि त्यसको चौतर्फी विरोध भएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण सुनिश्चित नभएको उनले बताइन् । भ्रमणका लागि विभिन्न चरणमा गृहकार्य गर्नुपर्ने भएकाले मिति तय हुन समय लाग्ने उनले बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ