arrow

एसपीपीबारे संसदलाई जानकारी गराउन सरकारलाई सभामुख सापकोटाको निर्देशन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ५ बिहिबार
agni-prasad-sapkota-speaker-parliament-2079.jpg

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम एसपीपीका बारेमा संसदलाई जानकारी गराउन निर्देशन दिएका छन् । बिहीबारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले एसपीपीबारे सरकार स्पष्ट नभएको र अलमलमा पारेको भन्दै संसदलाई जानकारी दिन निर्देशन दिन सभामुखसँग आग्रह गरेसँगै सभामुख सापकोटाले उक्त निर्देशन दिएका हुन् । 

यसअघि एमालेका सांसद डा भीमबहादुर रावलले अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम एसपीपीको नेपाल सदस्य कुनै पनि हालतमा बन्न नसक्ने भन्दै तत्काल अमेरिकालाई पत्र लेख्न माग गरेका थिए । 

रावलले गत असार ५ गते नै सरकारले एपीपीको नेपाल सदस्य बन्न नसक्ने भनी मन्त्रिपरिषदले निर्णय गरेर परराष्ट्र मन्त्रालयलाई पत्र लेख्न भने पनि अहिलेसम्म पत्र नलेखिएको भन्दै तत्काल पत्र लेखेर संसदलाई जानकारी दिन निर्देशन दिन पनि सभामुखलाई अनुरोध गरेका थिए । 

उनले मन्त्रिपरिषदले निर्णय गरिसकेको विषयलाई परराष्ट्र मन्त्रालयले अल्झाएर राख्नुको कारणबारे शंका व्यक्त गर्दै कतै यसमा प्रधानमन्त्री शेरबहादुर देउवाकै भूमिका त छैन ? भनी प्रश्न गरेका थिए । 

डा रावलले सरकारले गरेको निर्णयको ३२ दिन भइसक्दा पनि पत्र नपठाउनु पछाडि पक्कै पनि कुनै षड्यन्त्र रहेकोसमेत आरोप लगाएका छन् । 

परराष्ट्र मन्त्रालयले भने पत्रको अध्ययन गरिरहेको जिकिर गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ