arrow

संसदमा परराष्ट्र मन्त्री खड्काले भने – नेपालले एसपीपीमा सहभागी नहुने अमेरिकालाई पत्र पठाइसक्यो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १३ शुक्रबार
narayan-khadka-foreign-minister-2079-04-13.jpg

काठमाडौं । परराष्ट्र मन्त्री डा. नारायण खड्काले स्टेट पार्टनरशिप कार्यक्रम (.एसपीपी) मा नेपाल सहभागी नहुने भन्दै अमेरिकालाई लिखित जानकारी गराइसकेको बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै मन्त्री खड्काले गत ६ असारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ९ साउनमा नेपाल एसपीपीमा सहभागी नहुने कूटनीतिकमार्फत अमेरिकालाई जानकारी गराइसकेको जानकारी दिएका हुन् । 

‘साउन ९ गते तदनुसार २५ जुलाई २०२२ दिन कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाइएको जानकारी गराउन चाहान्छु,’ मन्त्री खड्काले संसद बैठकमा भने । 

सरकारको निर्णयअनुसार परराष्ट्र मन्त्रालयले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्राचार नगरेको भन्दै आलोचना भइरहेको थियो । 
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले राष्ट्रहितविरीत कुनै पनि सन्धि सम्झौता नहुने उनको प्रतिबद्धता छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ