कांग्रेस बैठकमा शुक्रबार छुट्टी, शनिबार फेरि बस्ने, अहिलेसम्म क–कसले बोले ?
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३० बिहिबार
1.1k
Shares
काठमाडौं । गत असार २७ गते सोमबारदेखि बसिरहेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी नै रहेको छ । पार्टी मुख्यालय वीपी स्मृति भवन, वीपी नगर, सानेपामा बसिरहेको बैठकमा शुक्रबार भने छुट्टी दिइएको छ । सोमबार, मंगलबार, बुधबार र बिहीबार गरी लगातार चार दिन बसेको बैठकले शुक्रबार भने विश्राम लिएको हो । अब बैठक शनिबार मात्रै बस्नेछ ।