बढ्यो सार्वजनिक यातायातको भाडा दर, कहाँको कति ? (पैसासहित)
हाम्रा कुरा
प्रकाशित २०७९ असार २८ मंगलबार
1.8k
Shares
काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा दर बढाएको छ । विभागले सोमबार रातिबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा दर बढाएको हो ।
विभागका अनुसार यात्रुवाहक गाडीमा १.७९%, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २.३४% र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २.६% ले भाडा दर समायोजन भएको छ।
अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडा दर इन्धनको मूल्यको आधारमा स्वचालित रूपमा समायोजन गरिएको यातायात व्यवस्थाले जनाएको छ ।