यातायात व्यवसायीले गरे चक्काजाम, सोमबारदेखि देशव्यापी आन्दोलनको चेतावनी [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १७ शनिबार
1k
Shares
काठमाडौँ । सार्वजनिक यातायात क्षेत्रको संरक्षण र व्यवस्थापनमा सरकारले चालेको कदमप्रति आपत्ति जनाउँदै सार्वजनिक यातायात बचाउ केन्द्रीय महासंघहरू मजदुर संघ–संगठनहरूको केन्द्रीय संघर्ष समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
शनिबार उनीहरुले ११ः३० बजेबाट १२ः३० बजेसम्म १ घण्टा २७ किलोमिटर चक्रपथ सडक खन्ड र भक्तपुर मुख्य सडक खण्डमा सवारीसाधनहरु (ट्याक्सी, बस, ट्रक) लाइनबद्व गरेर चक्काजाम गरे । साथै आइतबार दिउँसो १२ः३० बजे माइतीघर मन्डलामा सम्पूर्ण यातायात ब्यवसायी उत्रेर वृहत् विरोध गर्नेसम्म चेतावनी दिएका छन् ।
संघर्ष समितिका अनुसार सवारी ऐन २०४९ को परिशिष्ट २ को दफा ५ र २२ दफा १२ को विपरीत हुने गरी निजी क्षेत्रलाई कालो प्लेटमा सवारी सञ्चालनको अनुमति दिनु सार्वजनिक यातायात क्षेत्रको विनाशको षड्यन्त्र भएको आरोप लगाइएको छ।
गण्डकी प्रदेश सरकारले गत जेठ १ गते प्रकाशित राजपत्रमार्फत निजी सवारी साधनलाई कालो प्लेटमा भाडामा सञ्चालन गर्न अनुमति दिएकोमा समितिले आपत्ति जनाएको हो ।
आन्दोलन किन ? यस्ता छन् भनाइ–
१) सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत हुने गरी संधिय ऐन संग बाझीने गरी सातै प्रदेश सरकारहरुले ल्याउने तयारी गरेको र गण्डकी प्रदेश सरकारले मिति २०८२/२/१ गते राजपत्रमा प्रकाशित गरि निजी सवारी साधन (रातो प्लेट) लाई भाडाको सवारी (कालो प्लेट) सरह संचालन गर्न लागेकोले ।
सम्मानित सर्वोच्च अदालतबाट संघ संस्था दर्ता ऐन २०३४मा रहेका संघ समिति नविकरण सम्पती फुकुवाको मिति २०८०/१२/२० गतेको परमादेश अहिलेसम्म गृह मन्त्रालयले लागू नगरिएकोले ।
(३) सवारी ऐन २०४९ संसोधनको क्रममा रहेको हुँदा रहेको अवस्थामा नेपाल सरकारसंग यातायात व्यवसायी महासंघहरु र मजदुर संघ संगठनहरु संग विभिन्न मितिमा भएको सम्झौता सहमतिहरु र नेपाल सरकारबाट गठित विभिन्न कार्यदलका सुझाव प्रतिवेदनहरु कार्यान्वयन नगरी सार्वजानिक यातायात क्षेत्र सरकारले अस्तव्यस्त पारिएकोले ।
४) मालवाहक सवारी साधनको भारवहन नियमन सम्बन्धी निर्देशिका २०७४को दफा १३ अनुसार स्वदेशी तथा विदेशी सवारी साधनको भारवहन क्षमता कडाईका साथ लागू नगरी ट्राफिक प्रहरी र यातायात. कार्यालयको मौन समर्थनमा जरिवानामा मात्र ध्यान दिई सडक संरचना 'बिग्रने र अत्याधिक दुर्घटना वृद्धि भएकोले ।
५) सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष सरकारले अनिवार्य लागू नगरिएकोले ।
६) विमा दर निर्देशिका २०७३ लाई समयानुकुल संसोधन गरी दुर्घटना क्षतिपूर्ति तथा उद्धार, राहतको लागि दुर्घटना राहतकोषको स्थापना गर्न ढुवानी ऐन लागू गरी माल वस्तुमा अनिवार्य बिमा गर्ने निति बनाई यातायात क्षेत्रलाई व्यवस्थित मर्यादित उपभोक्ता, मुखि, प्रविधि मैत्री बनाउन सरोकारवाला सहितको अधिकार सम्पन्न यातायात प्राधिकरण गठन नगरिएकोले ।
७) छिमेकी मुलुकहरुबाट नेपाल प्रवेश गर्दा मालवाहक तथा यात्रुवाहक सवारी साधनले नेपालको भन्सार नाकामै ७२ घण्टे सुविधा पाउने असमान निति भएकोले स्वदेशि पुँजीको संरक्षण गरि नेपाली पूँजी विदेश पलायन हुनबाट रोक्न ।
संघर्ष समितिको आन्दोलन कार्यक्रम:
१. २०८२ जेठ १८ गते कालो झण्डा सहित सवारी साधनहरुको ६ वटै प्रदेशमा विरोध ऱ्याली गर्ने ।
२. २०८२ जेठ १८ गतेसम्म सरकारले मागहरु सम्बोधन नगरेमा जेठ १९ गतदेखि देशव्यापी अनिश्चितकालका लागि आफ्ना सवारी साधनहरु घर ग्यारेजमा थन्क्याइ आन्दोलन गर्न आह्वान गर्ने ।