arrow

डिजेलको मूल्य बढेसँगै बढ्यो सार्वजनिक यातायातको भाडा

अन्तर-प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि, यात्रुवाहकमा ५.३ र मालवाहकमा ९.१ प्रतिशतसम्म बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १६ बुधबार
night-bus.jpg

काठमाडौँ। यातायात व्यवस्था विभागले डिजेलको बजार मूल्यमा भएको भारी बढोत्तरीलाई मुख्य आधार मान्दै देशभरका अन्तर-प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दरमा वृद्धि गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमति र विभागको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार २०८० वैशाख १६ गतेदेखि लागू हुने गरी यो निर्णय गरिएको हो। 

विभागको स्वचालित प्रणाली अनुसार इन्धनको मूल्य ५ प्रतिशतभन्दा बढीले घटबढ भएमा भाडा समायोजन गर्ने प्रावधान छ। पछिल्लो पटक भाडा समायोजन गर्दा डिजेलको औसत मूल्य प्रतिलिटर १८०.८३ रुपैयाँ रहेकोमा हाल ३०.४१ प्रतिशतले बढेर २३५.८३ रुपैयाँ पुगेकाले नयाँ भाडादर कायम गर्नुपरेको विभागले स्पष्ट पारेको छ।

नयाँ तोकिएको दर अनुसार लामो दूरीमा चल्ने यात्रुवाहक सवारी साधनको भाडा ५.३ प्रतिशतले बढाइएको छ। त्यसैगरी, मालवाहक सवारीको हकमा पहाडी बाटोमा ७.७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारीमा ९.१ प्रतिशतले भाडा वृद्धि गरिएको छ। 

यो वृद्धिले विशेषगरी लामो दूरीको यात्रा र सामान ढुवानीको लागतमा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ। यो निर्णय दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने राष्ट्रिय स्तरका रुटहरूमा मात्र लागू हुने भए पनि वातावरणमैत्री विद्युतीय सवारी साधनको हकमा भने कुनै वृद्धि गरिएको छैन र तिनमा पुरानै भाडादर कायम रहनेछ। विभागले नयाँ भाडादरको विस्तृत सूची सार्वजनिक गर्दै सबै सरोकारवालालाई यसै बमोजिम कार्यान्वयन गर्न सूचित गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ