शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म यातायात सेवा बन्द गर्न निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २४ मंगलबार
794
Shares
काठमाडौँ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म सार्वजनिक यातायात सेवा बन्द गर्न निर्देशन दिएको छ।
महासङ्घले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सोमबार जेन-जी पुस्ताको प्रदर्शनका क्रममा भएको मानवीय क्षतिपछि आन्दोलन थप चर्किएको र देशभरको जनजीवन प्रभावित भएको बताएको छ।
सरकारले विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरेको अवस्थामा सवारी साधन चलाउन असहज परिस्थिति सिर्जना भएको महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले बताएका छन्।
उनले भने, “सरकारबाट उचित शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्मका लागि देशभर यात्रुवाहक र मालवाहक सार्वजनिक यातायातका सवारी साधन सञ्चालन नगर्न नगराउन अनुरोध गरेका छौँ।”
महासङ्घले सोमबारको घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ र उनीहरूको उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।