माओवादी केन्द्रमा तनाव, लगातार दोस्रो दिन सर्यो बैठक, बिहीबार बस्ने
हाम्रा कुरा
प्रकाशित २०७९ असार २२ बुधबार
509
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्र केन्द्रीय समितिको बैठक फेरि पनि सरेको छ । माओवादीको केन्द्रीय समितिको बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको थियो ।
तर, संसद बैठक बस्ने भएकाले बिहीबार बिहान ११ बजे बस्ने गरी सारिएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।
यसअघि मंगलबार बिहान ११ बजे बस्नुपर्ने बैठक पनि अचानक स्थगित गरी बुधबार दिउँसो १ बजेका लागि सारिएको थियो । पदाधिकारी चयनमा समस्या आएपछि बैठक फेरि सारिएको बताइएको छ ।
त्यसैगरी माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई अर्थमन्त्रीबाट हटाउन सत्ताधारीदेखि प्रमुख प्रतिपक्ष दललेसमेत दबाब दिइरहेका बेलामा बैठक सरेको हो ।