arrow

इङ्गल्याण्डविरुद्ध भारतको लज्जास्पद हार, इङ्गल्याण्डले तोड्यो रेकर्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २१ मंगलबार
johny-bairstraw-2022.jpg

काठमाडौं । इङ्गल्याण्डविरुद्ध भारतले पाँचौं तथा अन्तिम टेष्ट क्रिकेटमा लज्जास्पद हार बेहोरेको छ । बर्मिङ्घममा भएको खेलमा इङ्गल्याण्ड ७ विकेटले विजयी भएको हो । ३७८ रनको चुनौती पाएको इङ्गल्याण्डले ३ विकेटकै क्षतिमा पूरा गर्यो । जो रुट र जोनी बेयरस्ट्रले चौथो विकेटका लागि अविजित २६९ रनको साझेदारी गरेका छन् । रुटले १४२ तथा बेयरस्ट्रले ११४ रन बनाए । 

यसअघि भारतले पहिलो इनिङस्मा ४१६ रन बनाएको थियो । जवाफमा इङ्गल्याण्डले २८४ रन बनाएर १३२ रनले पछि परेको थियो । दोस्रो इनिङ्समा भारतले २४५ रनमात्र बनायो । पहिलो इनिङ्समा पनि शतक (१०६ रन) बनाएका बेयरस्ट्र प्लेयर अफ द म्याच भए । 

योसँगै पाँच खेलको श्रृंखलामा २–२ को बराबरी गर्दै इङ्गल्याण्ड उपाधि हारबाट जोगिएको छ । भारतले भने इतिहासमा पहिलो पटक ३५० प्लसको चुनौती दिएर हार बेहोरेको हो । यसमा इङ्गल्याण्डले रेकर्ड राखेको छ । 

योसँगै इङ्गल्याण्डमा १५ वर्षपछि टेष्ट श्रृंखला जित्ने भारतको सपना चकनाचुर भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ