arrow

हेर्दाहेर्दै भारत हारको संघारमा, इङ्गल्याण्ड बलियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २१ मंगलबार
india-england-test-birmingham-city-2079.jpg

काठमाडौं । इङ्गल्याण्ड विरुद्धको पाँचौं तथा अन्तिम टेष्ट क्रिकेटमा भारतको जित टाढिँदै गएको छ । पहिलो इनिङ्समा एक सय ३२ रनको अग्रता लिएर बलियो देखिए पनि दोस्रो इनिङ्समा कमजोर खेल्नुका साथै विकेटसमेत लिन नसकेपछि भारत हार नजिक पुगेको हो । 

नटिङ्घममा तीन सय ७८ रनको चुनौती लिएर मैदानमा उत्रेको इङ्गल्याण्डले चौथो दिनको समाप्तिसम्म ३ विकेटको क्षतिमा दुई सय ५९ रन बनाएको छ । 

चौथो विकेटका लागि अविजित एक सय ५० रनको साझेदारी गर्ने क्रममा जो रुटले ७६ तथा जोनी बेयरस्ट्रले ७२ रन बनाइसकेका छन् । 

आज अन्तिम दिन इङ्गल्याण्डलाई जितका लागि मात्र एक सय १९ रन बनाए पुग्नेछ । उसको हातमा अझै ७ विकेट बाँकी छन् । 

यसअघि भारतले पहिलो इनिङ्समा चार सय १६ र दोस्रो इनिङ्समा दुई सय ४५ रन बनाएको थियो । 

इङ्गल्याण्ड पहिलो इनिङ्समा दुई सय ८४ रनमा समेटिएको थियो । 

१० महिनाअघि भएको चौथो खेलसम्म भारत २–१ ले अगाडि थियो । यो खेल जित्दा भारतले श्रृंखला ३–१ ले जित्नेछ । बराबरीले २–१ ले जित्नेछ । तर यो खेलमा इङ्गल्याण्ड विजयी भए श्रृंखलामा २–२ को बराबरी हुनेछ । 

अहिलेससम्मको आँकडा हेर्दा भारत जित नजिक पुगेर पनि हार्दैछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ