arrow

इङ्गल्याण्डविरुद्ध भारत बलियो स्थितिमा, श्रृंखला जित्ने पक्का

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २० सोमबार
rishav-pant-test-cricket-england.jpg

काठमाडौं । भारतले इङ्गल्याण्ड विरुद्धको पाँचौं तथा अन्तिम टेष्ट क्रिकेटमा आफ्नो पकड बनाएको छ । भारतले तेस्रो दिनको समाप्तिसम्म २५७ रनको अग्रता बनाएको छ । 

भारतले पहिले ब्याटिङ्ग गर्दै पहिलो इनिङ्समा ४१६ रन बनायो । विकेटकिपर कप्तार ऋषभ पन्तले १४६ तथा रविन्द्र जडेजाले १०४ रन बनाए । जेम्स एन्डरसनले ५ विकेट लिए । 

जवाफमा इङ्गल्याण्डले २८४ रन बनायो । जोनी बेयरस्ट्रले १०६ रन बनाए । मोहम्मद सिराजले ४ तथा जसप्रित बुमराहले ३ विकेट लिए । 

पहिलो इनिङ्समा १३२ रनको अग्रता बनाएको भारतले दोस्रो इनिङ्समा तेस्रो दिनको समाप्तिसम्म ३ विकेटको क्षतिमा १२५ रन बनायो । फ्लप हिरो विराट कोहली २० रनमा आउट भए । हनुमा विहारी ११ तथा शुबमन गिल ४ रनमा आउट भए । 

आज चौथो दिन चेतेश्वर पुजारा ५० तथा ऋषभ पन्त ३० बाट अगाडि खेल्नेछन् । यो स्थितिमा भारत निकै बलियो देखिएको छ । 

यो खेल १० महिनापछि भइरहेको हो । यसअघिका चार खेल सकिइसकेका थिए । पाँचौं खेल भने कोरोनाका कारण रोकिएको थियो । 

श्रृंखलामा भारत २–१ ले अगाडि छ । यो खेलमा बराबरीमात्र भए पनि भारतले श्रृंखलामाथि कब्जा जनाउने छ । यो श्रृंखला जित्दा भारतले १५ वर्षपछि पहिलो पटक इङ्गल्याण्डमा श्रृंखला जित्ने कीर्तिमान बनाउने छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ