कांग्रेस पदाधिकारी बैठक मंगलबार, भ्रातृ र शुभेच्छुक संस्थाको विधान तय गरिने
हाम्रा कुरा
प्रकाशित २०७९ असार १९ आइतबार
735
Shares
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । २१ गते (मंगलबार) दिउँसो १ बजे बस्ने गरी देउवाले बैठक बोलाएका हुन् ।
पार्टी केन्द्रीय कार्यालय वीपीनगर सानेपामा बस्ने बैठकमा भ्रातृ र शुभेच्छुक संस्थाको विधान तय गरिने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बताए । पार्टीभित्रका अरू विषय र राजनीतिक विषयमा समसामयिक छलफल गर्ने गरी बैठक बोलाइएको उनले बताए ।