arrow

पन्त र जडेजाको साझेदारीले भारत इङ्गल्याण्डविरुद्ध मजबुद

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १८ शनिबार
pant-jadeja-2022.jpg

काठमाडौं । भारत र इङ्गल्याण्डबीचको पाँचौं तथा अन्तिम टेष्ट क्रिकेट बर्मिङघममा शुक्रबारदेखि जारी रहेको छ । खेलमा टस हारेर पहिले ब्याटिङ्ग गरिरहेको भारतले पहिलो दिनको समाप्तिसम्म ७ विकेटको क्षतिमा ३३८ रन बनाएको छ । 

कुनै समय ९८ रन जोड्दा ५ विकेट गुमाइसकेको भारतका लागि विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त र अलराउन्डर रविन्द्र जडेजाले सम्मानजनक योगफलतर्फ पुर्याएका हुन् । 

दुवैले छैटौं विकेटका लागि २२२ रनको साझेदारी गरे । यो इङ्गल्याण्डविरुद्ध छैटौं विकेटका लागि भएको सबैभन्दा बढी रनको साझेदारी हो । पन्तले सो क्रममा १११ बलमा १४६ रन बनाए । 

पन्तले मात्र ८९ बलमा शतक बनाएका थिए । सो क्रममा ४ छक्का र १९ चौका प्रहार गरेका थिए । पन्तले थप रेकर्ड पनि बनाएका थिए । उनले महेन्द्र सिंह धोनीले १७ वर्षअघि राखेको कीर्तिमान तोडेका छन् । 

उनले विकेटकिपरका तर्फबाट अहिलेसम्मकै सबैभन्दा तीव्र गतिमा शतक बनाउने कीर्तिमान तोडेका हुन् । ५१ बलमै अर्धशतक पूरा गरेका पन्तले ८९ बलमा शतक बनाए । 

त्यस्तै जडेजाले १६३ बलमा ८३ रन बनाएर खेलिरहेका छन् । पहिलो दिन ७३ ओभरमात्र सम्भव भएको थियो । शनिबार जडेजालाई मोहम्मद शामीले शून्य रनबाट साथ दिनेछन् । 

१० महिनाअघि नै चार खेल भइसकेको छ । तर कोरोना महामारीबीच खेल रोकिएको थियो । यसअघि नै २–१ ले अग्रता लिएको भारतले यो खेल जिते वा बराबरी गरे श्रृंखला जित्नेछ । 

यो श्रृंखला जिते भारतले इङ्गल्याण्डको भूमिमा १५ वर्षपछि श्रृंखला जितको रेकर्ड राख्नेछ । त्यस्तै बर्मिङघममा अहिलेसम्म भारतले जित निकाल्न सकेको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ