arrow

जिल्ला समन्वय समिति मुगुमा कांग्रेसको क्लिन स्विप

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०७९ जेठ २९ आइतबार
manjan1-karki-mugu.jpg

मुगु । जिल्ला समन्वय समिती मुगुमा देश कै ठुलो पाटी नेकपा एमाले पदाधीकारी विहिन भएको छ ।  गत बैशाख ३० गते सम्पन्न स्थानिय तह दोसो्र निर्वाचनमा जिल्लाका चारवटा स्थानिय तहहरुमा निर्वाचित ८ जना प्रमुख उपप्रमुख,अध्यक्ष,उपाध्यक्षहरु मध्य नेकपा एमाले एक जना मात्र गाँउपालिका उपाध्यक्ष निर्वाचित भएपछि जिल्ला समन्वयमा एमाले क्लीन स्वीप भएको हो ।

मुख्य निर्वाचन कार्यालय मुगुले जिल्ला समन्वय समिती निर्वाचनमा लागी २६ गते मनोनयन दर्ताका लागी समय दिएपनि नेकपा एमाले सर्मथक र प्रस्तावन नपाएदा कुनै पनि पदाधीकारीहरुमा मनोनयन दर्ता पाएन । 

यता समन्वयका लागी एकल बहुमत भएको नेपाली कांग्रेसले नेकपा एस र माओवादी केन्द्रलाई एक एक वटा सदस्य दिई आफुले समन्वय प्रमुख,उपप्रमुख र ५ सदस्यमा मनोदयन दर्ता गरेको थियो ।

९ सदस्यीय निर्वाचनका लागी समन्वय समितीमा कांग्रेसको प्रमुख उपप्रमुख सहित ५,एमाले १,माओवादी १ र नेकपा एसको १ मत रहेको थियो ।

मनोनयन भएपछि दावी विरोधको समयमा कुनै उम्मेदवार उपर दावी विरोध नभएपछि शनिबार मुख्य निर्वाचन कार्यालयले कांग्रेसको नेतृत्वमा मनोनयन दर्ता गरेको गठबन्धनका सबै पदाधीकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ ।

निर्वाचित हुनेहरुमा नेपाली कांग्रेसबाट प्रमुखमा मन्जन कार्की, उपप्रमुखमा नैली कार्की,सदस्यमा झमुरा रावल,पंचकला नेपाली,सुन्तला मल्ल,सोनाम लामा,धुर्व विक,नेकपा एसबाट सदस्यमा दान बहादुर रावल र नेकपा माअ‍ेवादीबाट सदस्यमा कर्ण मडासैनी संज्याल.निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन कार्यालय मुगुले शनिवार सुचना निकाल्दै जानकारी गराएको छ ।

संयोग नै मान्नु पर्छ पहिलो स्थानिय तह निर्वाचन २०७४ मा जिल्ला समन्वय समिती मुगुमा नेकपा एमालेको एकल बहुमत समिती थियो अहिले दोसो्र स्थानिय तह निर्वाचनमा नेपाली कांग्रेसको एकल बहुमत समन्वय समिती निर्वाचित भएको छ । 

उ वेला कांग्रेस समन्वय समितीमा क्लीन स्वीप थियो भने अहिले एमाले क्लीन स्वीप भएको छ । समन्वय प्रमुखमा निर्वाचित कार्की नेपाली कांग्रेसका मुगुका पुर्व पाटी सचिव र हाल नेपाली कागे्रस कणाली प्रदेश समितीका सदस्य हुनुहुन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ