arrow

कांग्रेसबाट जिल्ला समन्वय समिति मुगुको प्रमुखमा कार्की सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २३ सोमबार
manjan-karki-mugu.jpg

मुगु । जिल्ला समन्वय समिति मुगुको प्रमुखमा नेपाली कांग्रेसले मञ्जन कार्कीलाई सिफारिस गरेको छ । कार्की सोरु गाउँपालिका वडा नम्बर ३ भिईबाट वडा सदस्यमा निर्वाचित व्यक्ति हुन् ।

कर्णाली प्रदेश संसदीय समितिको निर्णयले कांग्रेसले मुगु जिल्लाको समन्वय प्रमुखमा कार्कीलाई उम्मेदवार बनाएको हो । उनी नेपाली कांग्रेस कर्णाली प्रदेश सदस्य, कार्यसम्पादन समिति सदस्य र पूर्व जिल्ला पार्टी सचिव पनि हुन् । यस्तै कांग्रेसबाटै जिल्ला समन्वय समितिको उपप्रमुखमा नैली कार्की उम्मेदवार सिफारिस भएकी छिन् ।

चार स्थानीय तह रहेको मुगुमा कांग्रेस एक्लैको ५ मत छ । त्यसैले यहाँ जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख कांग्रेसकै बन्ने पक्का छ । कांग्रेसले मुगुमा चार पालिकामा दुई प्रमुख र तीन उपप्रमुखमा जितेको छ ।

जिल्ला समन्वय समितिको लागि मुगुमा एमालेको १, माओवादी केन्द्रका १ र एकीकृत समाजवादीका १ मत छ । यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा मुगुमा नेकपा एमालेले जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुख रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ