arrow

जिल्ला समन्वय समिति गठनका लागि मुगुमा कांग्रेसको एकल बहुमत 

logo
नृपेन्द्रबहादुर मल्ल,
प्रकाशित २०७९ जेठ ८ आइतबार
mugu-jissa.jpg

मुगु । मुगु जिल्ला समन्वय समिति गठनका लागि कांग्रेसको स्पष्ट बहुमत आएको छ । 

जिल्लाका हालै सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसले २ प्रमुख र ३ उपप्रमुख सहित ५ प्रमुख उपप्रमुख जितेसँगै अब गठन हुने जिल्ला समन्वय समितिका लागि मतदान गर्न बहुमत पुगेको हो ।

स्थानीय तह प्रमुख र उपप्रमुखको मतदानबाट गठन हुने जिल्ला समन्वय समितिका लागि मुगुका चार स्थानीय तहहरूबाट ४ प्रमुख र ४ उपप्रमुखले मतदान गर्न पाउँछन् ।

कांग्रेसले छायाँनाथ रारा नगरपालिकामा नगरप्रमुख र उपप्रमुख,खत्याड गाउँपालिका र सोरु गाउँपालिकामा उपाध्यक्ष र मुगुम कार्मारोङ्ग गाउँपालिकामा अध्यक्ष जित हासिल गरेको छ । 

अन्य दलहरूमा माओवादीले खत्याड गाउँपालिका अध्यक्ष,नेकपा समाजवादीले सोरु गाउँपालिका अध्यक्ष र एमालेले मुगुम कार्मारोङ्ग गाउँपालिकामा उपाध्यक्ष जितेको छ । अन्य दलहरूका एक एक मतदाता हुँदै गर्दा कांग्रेसका एक्लै ५ मतदाता भएका जिससमा कांग्रेसको एक्लै बहुमत आउने देखिएको हो । 

जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सदस्यका लागि उम्मेदवार हुन पालिका प्रमुख,उपप्रमुख,वडा अध्यक्ष र सदस्यहरूले पाउँछन् भने मतदान गर्न पालिका प्रमुख र उपप्रमुखले मात्र पाउने कानुनी व्यवस्था छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ