हेटौंडाका मेयर आचारसंहिता उल्लंघन गर्दै पार्टीको चुनावी प्रचारमा
रविन्द्र गौतम
प्रकाशित २०७९ वैशाख १६ शुक्रबार
976
Shares
हेटौंडा। हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरि बहादुर महत निर्वाचन आचारसंहिता उल्लंघन गरी पार्टीको चुनावी कार्यक्रमहरुमा सहभागी भएका छन् ।
महत केहिदिन यता नेकपा एमालेको चुनाव प्रचार-प्रसार कार्यक्रम तथा घरदैलो कार्यक्रममा भाषण गर्दै हिडेका छन् । निर्वाचन आचारसंहिता अनुसार बहालवाला जनप्रतिनिधि पार्टीको प्रचारमा खटिन पाउँदैनन्।
सरकारी पदको दुरुपयोग गर्दै उनि पार्टीको कार्यक्रममा सहभागी भैरहेका छन् । निर्वाचन आयोगको आचारसंहिताको बुँदा ५ क मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने उल्लेख छ ।
तर त्यसको उल्लङ्घन गर्दै हेटौंडाका मेयर महत पार्टीको चुनावी कार्यक्रममा दौडिरहेका छन् ।