ईयूका सांसदद्वारा अफगान महिलाविरुद्ध बढ्दो हिंसाप्रति चिन्ता व्यक्त
एजेन्सी,
प्रकाशित २०७९ वैशाख १६ शुक्रबार
548
Shares
फाइल तस्बिर
काबुल। युरोपेली संसद्की सदस्य हन्ना नुमानले अफगानिस्तानमा महिला र बालिकाहरूविरुद्ध हिंसा बढेकोप्रति चिन्ता व्यक्त गरेकी छन्। तोलो न्युजसँगको अन्तर्वार्तामा न्युमनले अफगान महिलाहरूले सामना गर्नुपरेका धेरै समस्याहरू विशेष गरी कम उमेरमा विवाह र बालिकाहरूको बेचबिखनका घटनाहरू बढ्दै गएका कुराहरू प्रकाश पारेका छन्।
'विशेष गरी महिलाहरूका लागि उनीहरूको भविष्यको बारेमा धेरै असुरक्षा छ, भोलि फेरि कामको लागि जानुपर्ने भएमा असुरक्षाको जोखिम थप बढ्नेछ। उनीहरूले आफ्ना बच्चाहरूलाई कसरी खुवाउने भन्ने चिन्ता एकातिर छ भने अर्कोतर्फ उनीहरूलाई हिँडडुलमा पनि समस्या छ। आफ्ना बालिकाको भविष्य कस्तो होला भन्ने असुरक्षा र जबरजस्ती विवाहमा वृद्धि भएको घटनाहरूले थप समस्या सिर्जना गरेको छ। जहाँ ८ वा ९ वर्षको उमेरमा पनि बालबालिकाको विवाह हुने गरेको छ। विशेष गरी केटीहरू बेचिने गरेका घटनाहरू बढ्दै गएका छन्, उनले भनिन्।
यसअघि बुधवार काबुलमा भएको पत्रकार सम्मेलनमा न्युमानले तालिबानले बालिकाको शिक्षामा लगाएको प्रतिबन्धको बारेमा आपत्ति जनाएकी थिइन्। उनीहरूलाई देशमा विद्यालयहरू खोल्ने विषयमा पुनर्विचार गर्न आग्रह गरेकी छन्।
अगस्त १५, २०२१ अफगानिस्तानमा तालिबानले कब्जा गरेको थियो। त्यसपछि अफगानिस्तानमा बस्ने महिलाहरूको लागि खराब अवस्थाको साथमा देशमा ठुलो राजनीतिक उथलपुथल ल्याएको छ।