arrow

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा मकवानपुरका ३ शिक्षक पक्राउ

logo
रविन्द्र गौतम,
प्रकाशित २०७९ वैशाख ३ शनिबार
school makawanpur.jpg

मकवानपुर। बिद्यालयमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा मकवानपुरमा ३ जना शिक्षक पक्राउ परेका छन्। मकवानपुरको बागमती गाउँपालिका–८, शान्तिपुरस्थित जनता माविका तीन जना शिक्षक पक्राउ परेका हुन्। विद्यालयमा कक्षा ४, ५, ६, ७ र ८ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गर्ने ३ जना शिक्षकलाई कारबाही नगरिएको भन्दै विद्यार्थीले केहिदिन अघि विद्यालयमा तोडफोड गरेका थिए।

यौनदुर्व्यवहार गर्ने शिक्षकविरुद्ध चैत्र २४ गते राति विद्यालयमा अध्यनरत विद्यार्थीका अभिभावकहरुले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी दिएका थिए। उजुरी परेपछि शिक्षकहरु फरार भएका थिए। विद्यालयका शिक्षक रुद्रबहादुर विक, हेमबहादुर विक र लोकबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले शुक्रबार साँझ शिक्षकहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए। प्रवक्ता कार्की अनुसार पक्राउ परेका तीनै जना शिक्षकहरुमाथि आवश्यक अनुसन्धान भईरहेको छ।

शिक्षकहरुले आफूहरुलाई गलत नियतले छुने गरेको छात्राहरुको आरोप छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ