arrow

एनएमबी बैङ्क परासीद्वारा वित्तीय साक्षरता कार्यक्रम 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ११ शुक्रबार
nmb-year.jpg

परासी।  एनएमबी बैङ्क लिमिटेड रामग्राम परासीले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

अन्तर्राष्ट्रिय रूपमा मनाउँदै आइरहेको " ग्लोबल मनि विक २०२२ " को अवसरमा एनएमबी बैङ्क रामग्राम परासीले रामग्राम स्थित परासी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

एनएमबी बैङ्क लिमिटेड रामग्राम परासीका शाखा प्रबन्धक अर्जुन ज्ञवालीले वित्तीय साक्षरता सम्बन्धी सहजीकरण गर्नु भएको थियो ।  उनले बैङ्कको महत्त्व र दैनिक जीवनमा यसको प्रयोग, डिजिटल बैङ्किङ, फ्रड र फ्रडबाट सुरक्षित रहने उपाय तथा एनएमबी बैङ्कमा भिडियो कल मार्फत  सन्सारभरबाट खाता खोलिने सुविधा, शेयर कारोबार, बैङ्कले प्रदान गर्ने अन्य बैङ्किङ सेवाको बारे अभिमुखीकरण गरेका थिए । 
 
कार्यक्रममा परासी क्याम्पसका सप्राचार्य गोविन्द न्यौपानेले क्याम्पसका युवा विद्यार्थी एवं शिक्षक/ प्राध्यापकहरूलाई वित्तीय साक्षरता जस्तो महत्त्वपूर्ण कार्यक्रम गरेकोमा हार्दिक कृतज्ञ हुँदै कार्यक्रमले वित्त सम्बन्धी कुरा आफूहरूलाई सिकाएकोमा एनएमबी बैङ्कको सराहना गरेका थिए ।

एनएमबी बैङ्कले २०१७,२०१८, २०१९, २०२१ मा बैङ्क अफ द इयर नेपाल तथा नेपालका बैङ्कहरूबाट पहिलो पटक २०२१ मा बैङ्क अफ द इयर एसियाको उपाधि चुम्न सफल भएको थियो ।

कार्यक्रममा बैङ्कका कर्मचारी डिबी कठयात, चिरञ्जीवी पौडेल, काशीराम डुम्रे, विवेक कुमार चौधरी, अमृत भण्डारीको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ