खेल्ने क्रममा गलबन्दीको पासोमा बेरिएर १० वर्षीया बालिकाको मृत्यु
प्रकाशचन्द्र भट्ट,
प्रकाशित २०७८ चैत ३ बिहिबार
504
Shares
दार्चुला । कोठामा खेलिरहेको अवस्थामा गलबन्दीको पासो घाँटीमा बेरिँदा दार्चुलामा एक बालिकाको मृत्यु भएको छ । महाकाली नगरपालिका–४ बांगाबगडस्थित आफ्नै कोठाको झ्यालमा गलबन्दीसँग खेल्ने क्रममा सोही गलबन्दी घाँटीमा अड्केर १० वर्षीया जेनिसा कार्कीको मृत्यु भएको हो ।
गलबन्दीको पासो घाँटीमा लागेको अवस्थामा उनकी आमाले देखेपछि तत्काल फुकाली जिल्ला अस्पताल पठाइएको तथा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी माधव विश्वकर्माले जानकारी दिए ।