arrow

मकवानपुरका गाउँमा लगाइएको ९० बिगाहा अफिम खेती फडानी

logo
रविन्द्र गौतम
प्रकाशित २०७८ चैत २ बुधबार
1 (1).jpg

मकवानपुर। अफिम खेती फडानी अभियानलाई निरन्तरता दिएको मकवानपुर प्रहरीले आजसम्म ९० बिगाहा लागूऔषध अफिम खेती फडानी गरेको छ ।

गत फागुन ३० गतेदेखि प्रहरी प्रधान कार्यालय लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं, बागमती प्रदेश प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुर, मातहत कार्यालयबाट संयुक्त रूपमा खटिएको ६३ जनाको प्रहरी टोलीले बुधवारसम्म ९० बिगाहामा लगाइएको अफिम खेती फडानी गरेको हो ।

मकवानपुर राक्सिराङ गाउँपालिका वडा नं. ४ अन्तर्गत राक्सिराङ, मान्छामुन्टी, जैसिङटार, मानछाप, छापडाँडा र वडा नं. ५ अन्तर्गत बमकिङ, लाफर ,७,८,९ नम्बर वडा र कैलाश गाउँपालिकाको ४,७ र ८ मा लगाएको अवैध लागूऔषध अफिम खेती फडानी गरी नष्ट गरेको प्रहरीले जनाएको छ ।

विशेष गरि मकवानपुरको विकट मानिने राक्सिराङ, कैलाश र मनहरी गाउँपालिका लगायतका विभिन्न स्थानमा गाँजा र अफिमको खेती मौलाउने गर्दछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ