arrow

पन्तले राखे रेकर्ड, भारतको क्लिन स्विप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १ मंगलबार
india-win-srilanka-2022-test.jpg

काठमाडौं । भारतले श्रीलंकाविरुद्धको दुई खेलको टेष्ट क्रिकेट श्रृंखलामा क्लिन स्विप गरेको छ । पहिलो खेल एक इनिङ्स र २२२ रनले जितेको भारतले दोस्रो खेल २३८ रनले जित्यो । 

बैंगलुरुमा भएको दोस्रो खेल तीन दिनमै जित्ने क्रममा भारतले पहिलो इनिङ्समा २५२ र दोस्रो इनिङ्समा ९ विकेटको क्षतिमा ३०३ रन बनाएर ४४७ रनको चुनौती दिएको थियो । 

जवाफमा श्रीलंकाले १०९ र २०८ रन बनाएको थियो । भारतका लागि ब्याटिङतर्फ श्रेयस ऐयरले ९२ र ६७ तथा ऋषभ पन्तले २६ बलमा ३९ र ३१ बलमा ५० रन बनाए । 

बलिङतर्फ जसप्रित बुमराहले ५ र ३ विकेट लिए भने रविचन्द्रन आश्विनले २ र ४ विकेट लिए । 

योसँगै टेष्ट वल्ड सिरिज भारतले २–० ले जितेको छ । 

बैंगलुरुमा बनेका यी रेकर्ड 
यो खेलमा ऐयर प्लेयर अफ द म्याच भए । पन्त प्लेयर अफ द सिरिज भए । कुनै पनि टेष्ट क्रकेटमा भारतीय विकेटकिपर प्लेयर अफ द सिरिज भएको यो पहिलो पटक हो । पन्तले ३ इनिङ्समा २ अर्धशतकसहित ६१.६७ को औसतमा १८५ रन बनाए । त्यसबाहेक ५ क्याच र ३ स्टम्पिङ गरेका छन् । 

पूर्व भारतीय कप्तान एवं विकेटकिपर महेन्द्र सिंह धोनीले ९४ टेष्ट खेले पनि उनले एक पटक पनि प्लेयर अफ द सिरिज जित्न सकेनन् । 

पन्त २४ वर्षको उमेरमै टेष्टमा प्लेयर अफ द सिरिज बन्ने विश्वकै तेस्रो खेलाडी हुन् । यसअघि इङल्याण्डका एलन नट र पाकिस्तानका मोइन खानले यो रेकर्ड बनाएका थिए ।

आश्विनले वल्ड टेष्ट क्रिकेटमा सयौं विकेट लिने पहिलो खेलाडीको नाम आफ्नो नाममा लेखाएका छन् । उनले २१ खेलमा १०० विकेट लिएका हुन् । 

प्याट कमिन्स २० खेलबाट ९० विकेटसहित दोस्रो, स्टुवार्ड ब्रोड २१ खेलबाट ८३ विकेटसहित तेस्रो तथा टिम साउदी १७ खेलबाट ८० विकेटसहित चौथो खेलाडी हुन् । आश्विनले टेष्टमा ८६ खेलबाट ४४२ विकेट लिइसकेका छन् । 

रोहित शर्माको रेकर्ड 
रोहित शर्माले कप्तानी सम्हालेपछि क्लिन स्विपमा रकेर्ड बन्ने देखिएको छ । उनले कप्तानी सम्हालेपछि न्यूजिल्याण्डविरुद्धको टी–२० सिरिज ३–० ले, वेष्ट इन्डिजविरुद्धको टी–२० सिरिज ३–० ले र वेष्ट इन्डिजविरुद्धको एक दिवसीय सिरिज ३–० ले र श्रीलंकाविरुद्धको टी–२० सिरिज ३–० ले तथा टेष्ट सिरिज २–० ले भारतले जितेको छ । 

भारतका अन्य रेकर्डस्, 
घरेलु मैदानमा भारतले लगातार १५ औं सिरिज जितेको छ । 

बैंगलुरुमा भारतको यो २५ औं टेष्ट जित हो । 

भारतले तेस्रो पटक श्रीलंकामाथि क्लिन स्विप गरेको छ । 

घरेलु मैदानमा लगातार सबैभन्दा बढी सिरिज जित्ने टिमसमेत भारत बनेको छ । भारतले १५ जित निकाल्दा अष्ट्रेलियाले दुई पटक १०–१० पटक सिरिज जितेको थियो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ