arrow

कमजोर श्रीलंकामाथि भारत हाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २९ आइतबार
Screenshot 2022-03-13 163029.jpg

काठमाडौं । कमजोर श्रीलंकामाथि भारतीय क्रिकेट टीम हावी भएको छ । भारतले बैंगलुरुमा जारी दोस्रो टेष्ट क्रिकेटमा श्रीलंकालाई १०९ रनमै रोकेको छ ।

एन्जेलो म्याथ्युजले सर्वाधिक ४३ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा जसप्रित बुमराहले ५ विकेट लिए । त्यस्तै रविचन्द्रन आश्विन र मोहम्मद शामीले २–२ विकेट लिए । अक्षर पटेलले १ विकेट लिए । 

जवाफमा भारतले दोस्रो इनिङमा ५ विकेट गुमाएर दुई सय रन बनाइसकेको छ । मायांक अग्रवालले २२, कप्तान रोहित शर्माले ४६ रन बनाए । हनुमा विहारीले ३५ रन बनाए । पूर्व कप्तान विराट कोहलीले १३ रन बनाए । ऋषभ पन्तले ३१ बलमा ५० रन जोडे । 

यसअघि पहिलो इनिङ्समा भारतले श्रेयस ऐयरको ९२ रनको मद्धतले २५२ रन बनाएको थियो । 

पहिलो टेष्टमा भारतले एक इनिङ्स र २२२ रनले खेल जितेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ