arrow

नेविसंघ पोखरा-६ को सभापतिमा विष्णु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २८ शनिबार
NSU pokhara-6.jpg

पोखरा । नेपाल विद्यार्थी संघ (नेविसंघ) पोखरा महानगरपालिका वडा नंं. ६ बैदामको सभापतिमा विष्णु पहारी चयन भएका छन् । संघको शनिबार भएको अधिवेशनले पहारीलाई पुनः अध्यक्षमा चयन गरेको हो । 

सघंको उपसभापतिमा अजय बराल र नवराज सुनार, सचिवमा सविना अधिकारी र समिन पौडेल, कोषाध्यक्षमा सुवीक्षा थापा सहकोषाध्यक्षमा रौशीला तामाङ, सह-सचिवमा सुभाष भट्टराई र पुष्पा भट्टराई छन् ।

संघको कार्यसमिति सदस्यमा संयोग पहारी, धुव्र ठाकुर, आदेश बराल, रोहन लामिछाने, सुवर्ण केसी, विजय अधिकारी, निमेश पहारी, सम्राट थापा, विष्णु सुनार, पवन केसी, शिव सुवेदी, निमेश पहारी, श्रीश्यन पहारी, अनिल न्यौपाने, सुमन पहारी, साकार कुवँर, अशिष तामाङ, सुचित पुन, सुशान्त सुवेदी, विवेक भण्डारी, कुन्सन ठोकार र आयुष पहारी छन् ।

कार्यक्रम शुभारम्भ गर्दै नेपाली कांग्रेस कास्कीका सहसचिव शंकर ढुङ्गानाले नेविसघंको नीति नै पार्टी मजबुत बनाउने रहेको बताए । उनले संगठनलाई सक्रिय बनाउने योजनामा लाग्नुपर्नेमा जोड दिए ।

पोखरा महानगरपालिका वडा नं. ६ का वडाध्यक्ष जगतबहादुर पहारीले नेपाली काङ्ग्रेसको महत्वपूर्ण अङ्ग भनेकै नेविसंघ भएकोले पार्टी मजबुत बनाउन नेविसंघ सक्रिय बनाउनुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि हीरा भट्टराईले नेविसंघले नेपाली कांगे्रस पार्टीलाई बलियो बनाउँदै देशको अगुवा पार्टी बनाउनेमा आफू विश्वस्त रहेको बताइन् ।

कांग्रेसका वडासभापति सन्तोष पौडेलले आशन्न निर्वाचनलाई दृष्टिगत गर्दै कांग्रेसका सबै भातृ संगठनहरु सक्रिय हुनुपर्ने बताए ।

संघका सभापति विष्णु पहारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव सन्देश दाहाल, नेपाली कांग्रेस पूर्व इकाइ सभापतिहरु नेत्रपाणि न्यौपाने, लक्ष्मीबहादुर भट्टराई, दिपकविर कुवँर, बलराम गिरी, पोखरा विश्वविद्यालय नेविसंघ सभापति डिफान भुजेल, जिल्ला प्रतिनिधि शोभाचन्द्र बराल, गिरिजा प्रसाद टोल सभापति गुरुदत्त कोइराला र विद्यार्थी नेता अस्मित कार्की लगायतले बोलेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ