arrow

कांग्रेसलाई एक्लै चुनाव लड्दा नाफा कि घाटा ?  

logo
ईश्वरी बराल,  
प्रकाशित २०७८ फागुन २२ आइतबार
nepali-congress-flag-tree00.jpg
तस्बिर– फाइल

काठमाडौं । राजनीतिक विश्लेषक पुरन्जन आचार्यले सत्ता गठबन्धन चुनावसम्मै जाँदा कांग्रेसलाई घाटा हुने बताएका छन्। केन्द्रमा कांग्रेस चुनावमा एक्लै लड्नु राम्रो हुने उनले बताए । 

स्थानीय तहमा आधार निर्माण गरी आवश्यकता अनुसार तालमेल गर्न मिल्ने तर केन्द्रमा कांग्रेस एक्लै चुनावमा होमिदा फाइदा हुने आचार्यले तर्क गरे । केन्द्रमा चुनावी तालमेल गर्नु भनेको संघीयता र पार्टीको खिलापमा हुनु पनि आचार्यको भनाइ छ । 

सत्ता गठबन्धनलाई आगामी तीनै तहको चुनावसम्मै निरन्तरता दिने या चुनावमा एक्लै भिड्ने भन्नेमा नेपाली कांग्रेसभित्र भिन्न मत देखिएका छन् । पार्टीले आधिकारिक धारणा सार्वजनिक नगरे पनि पार्टी पदाधिकारीहरुले यसबारे बोलिरहेका छन् । उपसभापति, महामन्त्रीलगायत पार्टीका प्रभावशाली नेताहरुले चुनावमा एक्लै भिड्नु पर्ने बताउँदै आएका छन् । 

पार्टी उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले चुनावमा एक्लै लड्नुपर्ने बताएका छन् । यस्तै पार्टीका प्रभावशाली नेता डा. शेखर कोइराला पनि एक्लै चुनाव लड्ने पक्षमा उभिएका छन् । 

सत्ता गठबन्धन जोगाउन बनेको राजनीतिक संयन्त्रका संयोजक तथा कांग्रेस नेता रामचन्द्र पौडेलले भने सत्ता गठबन्धन चुनावसम्मै लम्बिने बताएका छन् ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधि सभाबाट अनुमोदन भएपछि  सत्ता गठबन्धनलाई बलियो भएको ठानिएको भए पनि कांग्रेस नेताहरुको फरक फरक अभिव्यक्तिले गठबन्धनको भविष्यमाथि प्रश्न उव्जिएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी आवद्ध सत्ता गठबन्धन चुनावसम्म सँगै जाने वा एक्ला एक्लै चुनाव लड्ने भन्ने निर्णय भइसकेको छैन । 

गठबन्धनले पहिला सवै दलले आ–आफ्नो पार्टीमा निर्णय गरेर मात्रै गठबन्धनमा छलफल गरेर निर्णय गर्ने तयारी गरेको छ । (कारखानाबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ