arrow

भारतविरुद्ध श्रीलंकालाई फलोअन जोगाउन मुस्किल, जडेजाको शानदार शतक 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २१ शनिबार
india-test-2078-11-21.jpg

काठमाडौं । भारतविरुद्धको पहिलो टेष्ट क्रिकेटमा श्रीलंकालाई फलोअन जोगाउन मुस्किल भएको छ । मोहालीमा जारी खेलमा पहिले ब्याटिङ्ग गरेको भारतले ८ विकेटको क्षतिमा ५७४ रन बनाएर इनिङ्स समाप्तिको घोषणा गर्यो । 

अलराउन्डर रविन्द्र जडेजाले चार वर्षपछि टेष्टमा शतक प्रहार गर्ने क्रममा २२८ बलमा अविजित रहँदै १७५ रन बनाए । विकेटकिपर ऋषभ पन्तले भने ९७ बलमा ९६ रनमात्र बनाउन सके । त्यस्तै रविचन्द्रन आश्विनले ६१ रन बनाए । करियरको सयौं टेष्ट खेलेका पूर्व कप्तान विराट कोहलीले ४५ रन बनाए । 

जवाफमा श्रीलंकाले कमजोर खेलेको छ । दोस्रो दिनको समाप्तिसम्म श्रीलंकाले शनिबार ४ विकेटको क्षतिमा १०८ रन बनाएको छ । कप्तान दिमुथ करुणारत्ने २८ रनमा आउट भए । 

आश्विनले २ तथा जडेजा र जसप्रित बुमराहले १–१ विकेट लिए । 

श्रीलंकाले फलोअन जोगाउन अझै २६७ रन बनाउनु पर्ने हुन्छ । जुन असम्भव प्रायः देखिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ