arrow

भारत श्रीलंकाविरुद्ध आक्रामक, कोहलीको शतक खेलमा बनेन शतक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २० शुक्रबार
kohli-100th-test-match.jpg

काठमाडौं । भारत र श्रीलंकाबीचको पहिलो टेष्ट क्रिकेट मोहलीमा शुरु भएको छ । भारतले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । भारतका लागि ओपनर मायांक अग्रवाल ३३, कप्तान रोहित शर्मा २९ तथा पूर्व कप्तान विराट कोहली ४५ रन बनाएर आउट भएका छन् । हनुमा विहारीले अर्धशतक पूरा गरेका छन् । उनी ५८ रनमा आउट भएका छन् । 

तीब्र गतिमा रन जोड्ने क्रममा भारतले १७५ रन जोड्दा ४ विकेट गुमाएको छ । कोहलीले रेकर्ड बनाएका छन् । उनले सयौं टेष्ट खेलेका छन् । उनी सयौं टेष्ट खेल्ने विश्वका ७१ औं तथा भारतका १२ औं खेलाडी हुन् । 

उनले शतक खेलमा शतक प्रहार गर्न नसके पनि आठ हजार रन पूरा गरेका छन् । उनले शतकको क्याप भारतीय प्रशिक्षक राहुल द्रविडबाट लिँदा उनकी पत्नी अनुष्का शर्मा साथमा थिइन् । 

टेष्ट कप्तानका रुपमा रोहित शर्माले पहिलो खेल खेलिरहेका छन् । उनी भारतका ३५ औं टेष्ट कप्तान हुन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ