इनारमा खसेका बालकको तीन दिनपछि उद्धारकै क्रममा मृत्यु
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ६ शुक्रबार
629
Shares
काठमाडौं । अफगानिस्तानमा इनारमा खसेका पाँच वर्षीय बालकको तीन दिनपछि मृत्यु भएको छ ।
राजधानी काबुलबाट करिब ४०० किलोमिटर दक्षिण पश्चिममा रहेको जाबुल प्रान्तको खडेरी ग्रस्त गाउँ शोकाकमा मङ्गलवार हैदर नामका बालक इनारमा खसेका थिए ।
उनलाई बचाउन उद्धारकर्ताहरूले निरन्तर खनेर काम गर्दा गर्दै शुक्रवार ती बालकको मृत्यु भएको छ ।
तालिबान सञ्चालित अफगानिस्तानको आन्तरिक मन्त्रालयका वरिष्ठ सल्लाहकार अनास हक्कानीले ट्वीट गर्दै हैदर हामीबाट सदाको लागि अलग भएको भन्दै उनको मृत्यु भएको पुष्टि गरेका हुन् ।
यसअघि जाबुल प्रहरी प्रवक्ता जबिउल्लाह जवाहरले उद्धारकर्ता टोलीले इनारको एकातर्फबाट खनेर बालकसम्म पुग्ने कोसिसका बेला चट्टान लागेर अवरोध भइरहेको बताएका थिए ।